logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झरीमा रुझ्दै पदक बिजेता खेलाडीहरुले गरे नगर परिक्रमा


अंकुरण खबर
2.964K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगि ‘साग’मा पदक विजेता नेपाली खेलाडीको नगर परिक्रमा गराएको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद परिसरबाट सागमा पदक जित्ने खेलाडीको सम्मानस्वरुप परिक्रमा सुरु गरिएको हो । खराव मौसमका कारण आज एघार बजेका लागि तय गरिएको कार्यक्रम एक बजेमात्रै शुरु भएको थियो ।

त्रिपुरेश्वरबाट सुरु भइ सल्लाघारीसम्मको रुट वर्षाका कारण नगर परिक्रमा प्रभावित भने बन्यो । न्युरोड,  भृकुटिमण्डप, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वरलगायतको चोकको परिक्रमा गर्दै पुनः नयाँ थिमि, कोटेश्वर,नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुंगिएको थियो ।