logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनको मूल्य ९७ हजार दुई सय


अंकुरण खबर
754
Shares

सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।