logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लवलाई पार्टीबाटै हटाइदिए विद्रोही समूहले, प्रकाण्डको जिम्मेवारी पनि खोसियो


अंकुरण खबर
1.326K
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट महासचिव रहेका विप्लव स्वयंलाई विद्रोही नेताहरूले पार्टी र जिम्मेवारीबाट निष्कासित गरिदिएका छन् ।

यसैगरी खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पार्टीको प्रवक्ताको जिम्मेवारीबाट पनि हटाइएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

चितवनको पर्सामा बुधबारदेखि सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई कारवाही गरेको हो ।

सो भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ र ती निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा भाग लिने/नलिने विषयमा विवाद सुरु भएपछि पार्टिभित्र आन्तरिक कलह सुरु भएको थियो ।