logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पाको माडीमा कांग्रेस उम्मेदवार डाँगी घाइते


अंकुरण खबर
988
Shares

रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । गएराति तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो ।

डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।

बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ ।

झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए। उनका अनुसार अहिले अवस्था सामान्य छ ।