चुनावको मुखैमा सिन्धुपाल्चोकको इन्द्रावती ३ मा नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ ।
लामो समय नेपाली काँग्रेसमा सक्रिय राजनीति गरेका इन्द्रावती ३ का पूर्व इकाई सभापति समेत रहेका बिदुर बानिया नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
सिन्धुपाल्चोक कांग्रेसको पूर्व क्षेत्रीय सदस्य समेत भैसकेका बानियालाई बुधबार इन्द्रावती गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार झम्क नेपाल लगाएतले पार्टीमा स्वागत गरेका हुन् ।

स्थानी तहदेखि संघसम्मनै दिगो विकास र संवृद्धि नेकपा एमालेबाट मात्र संभव देखेकाले कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेको बानियाले बताएका छन् ।
स्थानीय तहमा लोकप्रिय बानियाले अब बाँकी दिन एमाले पार्टीमा आवद्ध भई जनताका हरेक दुख सुखमा साथ दिने प्रतिवद्धता जनाएका छन् । आसन्न निर्वाचनमा इन्द्रावती ३ मा बलियो बन्दै भएका एमालेका वडा अध्यक्ष भीमसेन थापाको टीम बानियाको पार्टी प्रवेशसंगै थप सशक्त बनेको छ ।