logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चुनाव जित्न असहज छैन, गठबन्धन एकताबद्ध भएर अघि बढेको छ : प्रचण्ड


अंकुरण खबर
923
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन्।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताएका हुन्।

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने, “निर्वाचन जित्न असहज छैन। गठबन्धन एकताबद्ध भएर अघि बढेको छ।”

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहेकी छन् । गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्दैछ।

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पाँचदलीय सत्तारुढ गठबन्धनका शीर्ष नेता चितवन पुगेका छन् ।