logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नातागोताको व्यवस्थापन पर्ने र बाँडीचुँडी खाने गठबन्धन हो : ओली


अंकुरण खबर
1.144K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी सरकारलाई बिदाइ गर्छौं भन्ने सन्देश स्थानीय निर्वाचनले दिनुपर्ने बताएका छन् ।

कैलालीको बौनियामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशी सरकार संसदबाट नबनेको दाबी गरे ।

‘यो निर्वाचन सामान्य निर्वाचन होइन, यो निर्वाचन धेरै कुरालाई टुंगो लगाउने, देशको भविष्य कता जान्छ भनेर बताउने । विकास, सुशासन र जनताको सेवा कसरी गर्ने भनेर निर्क्यौल गर्ने निर्वाचन हो । देशको अहिलेको आवश्यकता, स्थिरता, स्थायित्व रहेको छ । स्थिरता, स्थायित्व कायम गर्ने नेकपा एमाले जित्ने कि विभिन्न ढंगले अस्थिरता कायम गर्नेहरूले जित्ने ? टुंगो लगाउने छ,’ उनले भने ।

स्थानीय निर्वाचनमा नेकपा एमाले एकातिर, अर्कातिर ५ दलीय गठबन्धन रहेको उनले बताए । ‘गठबन्धनको नाम भनेको कुनै गन्तव्य नभएको, कही पुग्ने उद्देश्य नभएको । खाली सरकारमा पुग्ने, सरकारमा पुगेपछि आफ्ना मान्छेलाई उद्धार गर्ने । नातागोताको व्यवस्थापन पर्ने र बाँडीचुँडी खाने । त्यसका लागि मात्रै अहिलेको गठबन्धन भएको हो,’ उनले भने ।