logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीपीएलको पहिलो खेलमा काठमाडौंद्धारा पोखरासामु ११६ रनको लक्ष्य पेश


अंकुरण खबर
793
Shares

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) को पहिलो खेलमा काठमाडौं गोल्डनले साविक विजेता पोखरा पल्टनलाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा आज काठमाडौंले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । घरेलु टोली पोखराले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले खराब सुरवात गरेको थियो ।

११ औं ओभरमा ५ विकेट गुमाएर ५० रन पुरा गरेको काठमाडौंका सुबोध भाटीले आक्रमक इनिङ्स खेलेपछि सम्मानजनक स्कोरमा पुगेको थियो । आक्रमक ब्याटिङ गरेका उनले ४ छक्का र ४ चौकाको मद्दतमा सर्वा्धिक ४५ रन बनाए ।

यस्तै गौरभ तमोरले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । पोखराका कुशल मल्ल, रशिद खान र ललित नारायण राजबंशीले समान २-२ विकेट लिए । यस्तै प्रथामेस डाके र सर्वो्जित लड्डाले १-१ विकेट लिए ।

पुस १२ सम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । अहिले केहीबेरमा पोखरा पल्टनले जवाफी व्याटिङ गर्नेछ ।