नेकपा एमालेका अध्यक्ष केपी ओलीले कैलालीको बौनियामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड अहिले मुसो भएको आरोप लगाए।
‘नेकपा हुँदा प्रचण्ड दोस्रो अध्यक्ष थिए, जता गए पनि उनको शेरको जस्तो गर्जन थियो, अहिले त प्रचण्ड भिजेको विरालो होइन, मुसोजस्ता भएका छन,’ उनले भने। उनले सत्ता गठबन्धनका चुनावी कार्यक्रममा कांग्रेसले प्रचण्ड र नेपाललाई बोल्नै नदिएको बताए।
तपाईँहरुले पनि देख्नुभयो होला, प्रचण्ड र माधव नेपाललाई बोल्नै दिइँदैन। हिजोमात्रै प्रचण्ड बालुबाटार पुगेर भनेछन्, लौन छोरी लडिरहेको क्षेत्रमा त बोल्न दिनुपर्यो। यस्तो अवस्था छ गठबन्धनको’ ओलीले भने। ‘माधव कुमार नेपाल त्यतिबेला जता गए पनि धाक लगाएर बोल्थे, तर अहिलेरु’ ओलीले हास्दै भने।
अध्यक्ष ओलीले नेकपा एमालेले जसरी पनि स्थानीय सरकार जित्नुपर्ने बताए। ‘संसदीय निर्वाचनमा एमालेको सरकार बन्छ। देशभरि एमालेको जनलहर छ, त्यसैले अहिलेदेखि नै गाउँ गाउँमा एमाललाई जिताउनुस् ओलीले भने।