वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी आज गरिसक्ने निर्देशन दिएको छ ।
आयोगले मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।