सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी सभा गर्दैछ।
हिजो भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो काठमाडौँमा सभा गर्दैछ।
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।