logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
1.066K
Shares

धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् ।

कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।