शनिवार काठमाडौंमा हिमाल मिडिया २५ वर्ष पुगेको अवसरमा गरिएको हिमाल मेलामा भारतीय चर्चित पत्रकार रवीश कुमारले भारतीय मिडियाको प्रभाव नेपालमा पर्ने भएकोले त्यसबाट सचेत रहन आग्रह गरेका छन् ।
उनले भारतीय ‘गोदी मिडिया’ को नेपाल लगायत छिमेकी देशहरुमा प्रभाव पर्ने भएकोले त्यसतर्फ सचेत गराएका हुन् ।
उनले भने–‘चुनावका बेलामा कसैलाई मैदानबाट बाहिर पुर्याएर वा अखबारबाट गायव गरेर चुनाव जितिएको हुन्छ । यो एउटा सानो उदाहरण हो ।
हिन्दीमा जतिपनि अखबार छन्, टेलिभिजन छन् बेइमानीको अभियान सञ्चालन भइरहेको हुन्छ ।
यदि भारतीय मिडियाको लक्षण यस क्षेत्रमा पनि देखिएको छ र त्यो बढेर जाने अवस्था छ भने दुःखदायी हुने उनले बताए ।