सीमा बचाउ अभियानले सुगौली सन्धीअनुसारको नेपालको नक्सा नापी विभागलाई बुझाएको छ ।
अतिक्रमित नेपाली भूभागसहित समेटेर तत्काल नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै अभियानले विभागलाई नक्सा बुझाएको हो ।
सुगौली सन्धीको ५ नम्बर बुँदामा महाकाली नदिको पूर्वपट्टीको वारीका सबै नेपाली भूभाग रहने उल्लेख गरिएको छ । अभियानले बुझाएको नयाँ नक्सामा भारतबाट अतिक्रमण भएका विभिन्न ७१ ठाउँको भूभाग समेटिएको छ ।
यस्तै अभियानले नेपाली भूमीबाट भारतीय सेना तत्काल हटाउन पनि आग्रह गरेको छ ।