राप्ती नगरपालिका–१ लोथरमा आज २ ओटा ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीर बहादुर लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान साढे ७ बजे २ विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ७९६७ र ना ५ ख ८७४३ नम्बरको ट्रक एक आपसमा जुध्दा गम्भीर घाइते भएका ८७४३ नम्बरको ट्रकका चालक लोप्चनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् उनीहरुको भरतपुरमै उपचार भइरहेको छ ।