logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक किलो चाँदीसहित भारतीय पक्राउ


अंकुरण खबर
767
Shares

सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेका छन् ।

आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी नपा–९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो ।

अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ ।