logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु


अंकुरण खबर
1.664K
Shares

कैलालीको भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् ।

गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।