logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेप्सेमा दोहोरो अंकको गिरावट


अंकुरण खबर
858
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १३.७५ अंकले घटेर ११५४.११ बिन्दुमा झरेको छ ।

कुल १६६ वटा कम्पनीको १३ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर ४० करोड ७९ रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज परिसूचकसँगै कारोबार रकम र शेयर संख्या अघिल्लो दिनको तुलनामा भारी मात्राले घटेको हो ।

आज कारोबारमा आएका सबै समूह घटेका छन् । एनएमबि बैंकको शेयर ४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

समग्र परिसूचकमा गिरावट आएको दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे पाँच प्रतिशतले बढेको छ ।

त्यस्तै हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।