logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तुलसीपुर-१७ वडाध्यक्षमा आज मनाेनयन, ३ जेठमा मतदान


अंकुरण खबर
1.001K
Shares

दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा  मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भइसकेकाे छ । तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ ।