logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ


अंकुरण खबर
468
Shares

पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका वीरगंज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५  बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल  उनले चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।