logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘ए’ डिभिजन लिग : थ्री स्टार र जावलाखेल तथा मनाङ मस्र्याङ्दी र एपीएफ भिड्ने


अंकुरण खबर
858
Shares

काठमाडौं – सहिद स्मारक ‘ए’  डिभिजन लिगमा आज ( बुधबार) दुई खेल हुँदैछन् ।

लिगको चौथो दिन रुस्लान थ्री स्टार क्लबले प्रभु जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ ।

दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । दुवै टिम लिगको पहिलो खेलबाट सुखद सुरुवात गर्न चाहन्छन् ।

यस्तै दोस्रो खेलमा साविक विजेता मनाङ मस्याङ्दी क्लब र बिभागिय टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।