logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा माओवादीले खाता खोल्यो


अंकुरण खबर
741
Shares

दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा  निर्वाचित भएका हुन् ।

यो वडामा नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवारहरू गुलाफको फूल १७ र छाता चुनाब चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।

यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।