logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

इलाममा मत गणनाको प्रारम्भिक नतिजा आउन सुरु


अंकुरण खबर
1.001K
Shares

इलाममा स्थानीय तह निर्वाचनको मत गणना सुरु भएको छ ।  इलाम नगरपालिकामा नेपाली कंग्रेसका केदार थापाले अग्रता लिएका छन् । इलाम नगरपालिका १ साखेजुङ्गको मत गणना हुँदा कांग्रेसका केदार थापाले १७७ मत पाउँदा एमालेका धिरेन चेम्जोङले १२१ मत पाएका छन् ।

सूर्योदय नगरपालिकामा गठबन्धनका उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन् । उनले ८० मत पाउँदा एमालेका काजिमान कागतेले ७० मत पाएका छन् । माङसेबुङ्ग गाउँपालिकामा कांग्रेसका डिकेन्द्र इदिङ्गोको सुरुवाती अग्रता छ ।

चार सय मत गठना हुँदा इदिङ्गोले २५६ र एमालेका उम्मेदवार हेमन्त राईले ५८ मत पाएका छन् माईजोगमाई गाउँपालिकामा एकालेका कुशबहादुर थेबेले अग्रता लिएका छन् । थेबेले २०३ मत पाउँदा गठबन्धनका उम्मेदवार जीत बहादुर राईले १६० मत पाएका छन् ।