logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


अंकुरण खबर
1.456K
Shares

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ ।

बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा पार्टीको आगामी महाधिवेशनको कार्यतालिका, विभागहरु गठन र भ्रातृसंगठनको भागबन्डाका विषयमा थप छलफल हुने जनाइएको छ ।

गत मंसिर २६ गते सुरु भएको बैठकमा महाधिवेशन र विभाग गठनका विषयमा छलफल भएपनि संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच सहमति जुट्न सकेको छैन् ।

यस विषयमा संस्थापन बाहेकका समुहले एकमत बनाउन भन्दै छलफलमा जुट्दै आएका छन् । सोमबार र मंगलबार दिनभरजसो छलफल गरेको पौडेल समुहको आज पनि छुट्दै बैठक बस्दैछ ।