logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवाको कालिका २ मा कांग्रेसको प्यानलै विजयी


अंकुरण खबर
2.002K
Shares

रसुवाको कालिका गाउँपालिका २ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले ९ सय ७ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले ७ सय ६६ मत ल्याए ।

महिला सदस्यमा किप्पा थोक्रा, दलित महिला सदस्यमा लिला नगर्जी, खुला सदस्यमा किप्पा छिरिङ स्याङ्बा र शेर बहादुर ग्लान विजयी भएका छन् ।
२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेले विजयी हासिल गरेको थियो ।