काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँमा कायम भएको छ ।
आज छापावाला सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाले घटेको हो । हिजो छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज चाँदी तोलामा १० रुपैया घटेको हो । हिजो प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।