घोडाघोडी नगरपालिका–१० मा ट्याक्टरको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे से १ त ४९२६ नम्बरको ट्याक्टरले साइकलमा सवार किशोरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कैलालीको घोडाघोडी नगरपालिका-११ बस्ने १३ वर्षीय बिशाल बलामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।