logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा भारतीय जीप दुर्घटनाः तीन जनाको मृत्यु, ५ घाईते


अंकुरण खबर
1.443K
Shares

उदयपुरगढी गाउँपालिका–३ मा भारतीय जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्य भएको भएको छ भने अन्य ५ जना घाईते भएका छन् ।

आज बिहान ७ः३० को समयमा भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

अन्य ५ जना घाइतेमध्ये तीन जना गम्भीर रहेका छन् । तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीयले बताएका छन् । ।

नयाँ बाटो र बाक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाइएको छ ।