दाङ – तुल्सीपुर उपमहानगरपालिका–५ गोदाममा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छिन् ।
मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका–७ शिवनगरकी १२ वर्षीया विजिता के।सी। रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
प्रहरकिा अनुसार आज बिहान पौने १० बजे स्कुल जाँदै गरेका २ बालिकालाई रा १ त १४३५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा के.सी. घाइते भएकी थिइन् । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी १४ बर्षीया मनिषा वलीको सोही अस्पतालमा उपचार भैरहेको छ । उनीहरु दुवै जना तुलसी आवासिय माध्यामिक विद्यालय तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।
ठककर दिने ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।