logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुर महानगरपालिकामा रेनुको अग्रता कायमै


अंकुरण खबर
1.053K
Shares

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६,४२६ मत गणना हुँदा रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले
६ हजार ५९३ मत प्राप्त गरेकी छिन् ।