logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले जित्यो १६४ पालिका प्रमुख


अंकुरण खबर
689
Shares

नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् ।

स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका पालिकामध्ये ३५ वटामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

गत वैशाख ३० गते देशभरका ७५३ वटा स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।