logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

डा. भक्तमान श्रेष्ठ अपहरणका दोषी योञ्जन पक्राउपछि जेल चलान


अंकुरण खबर
1.495K
Shares

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गौतम योञ्जन पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले योञ्जनलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेर केन्द्रीय कारागार चलान गरेको हो । उच्च अदालत, पाटनको हेटौंडा इजलासले श्रेष्ठ अपहरणमा योञ्जनलाई दोषी ठहर गर्दै ९ वर्ष कैद र ५० हजार जरिमानाको फैसला सुनाएको थियो । उच्च अदालतको निर्णयले दोषी ठहर गरेका उनी प्रहरीको फरार सूचीमा थिए ।

वि.सं. २०६७ मा डा.श्रेष्ठ अपहरणमा परेका थिए । डा. श्रेष्ठ अपहरणका मुख्य आरोपी भीमसेन पण्डित भने अझै फरार छन् । डा. श्रेष्ठ अपहरणको १९ दिनपछि भारतको उत्तर प्रदेशस्थित कानपुरबाट अपहरणकारीलाई ३ किलोभन्दा बढी सुन फिरौती बुझाएपछि अपहरणमुक्त भएका थिए ।