logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाको विर्तामोड बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
988
Shares

विर्तामोड नगरपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विरगंजबाट काकडभिट्टा जाँदै गरेको ना ४ ख ६११६ नम्बरको बसले पैदल हिडिरहेका उनलाई आज बिहान पौने ६ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका ढुंगेललाई उपचारको लागि विएण्डसी अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमणीले नियन्त्रणमा लिएको छ ।