logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

ओलीकै वडामा पनि एमालेले लिन सकेन अग्रता :मेयरमा राप्रपाकै अग्रता


अंकुरण खबर
637
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपाका  मेयरका उम्मेदवार राम थापाले अग्रता कायम राखेका छन्।

ओलीकै गृहवार्डको मतगणनामा पनि एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीले अग्रता लिन सकिनन्।

अहिलेसम्म राप्रपाका थापाले १६ हजार २२७ र एमालेकी अधिकारीले १५ हजार ८२४ मत पाएकी छन्।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई  १५ हजार ७२९ मत  पाएकी छन्।

एमालेकी अम्बिकाप्रसाद खनालले १५ हजार ५३२ मत ल्याएकी छन्।