नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल दिस्वा मगरलाई २ लाख रुपैयाँ घूस लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिसलगायतको बहानामा २ लाख रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको बताएको छ । वडाध्यक्ष मगरले लेखनदास यादवमार्फत सेवाग्राहीबाट घूस उठाएको देखिएको अख्तियारले जनाएको छ ।