logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

दुई मोटरसाइकल र ट्रक ठोक्किए, १ को मृत्यु


अंकुरण खबर
715
Shares

धनुषामा दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमका लागि छुटेको गरेको ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा धनुषाको मिथिला नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति ठोक्किएको हो ।

दुर्घटनामा ज ९ प ९८५९ मोटरसाइकल चालक मिथिला नगपालिका-३ हरियरपुर बस्ने २० वर्ष दीपकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते उनको जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीको भनाई छ ।

घाईते हुनेमा धनुषाधाम नगरपालिका–९, धरापानीका २४ वर्षका रमेश मगर र १८ वर्ष निरज मगर रहेका छन् ।