logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भक्तपुरमा भोलि बिजुली नआउने


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले भोलि शनिबार भक्तपुरमा विद्युत आपूर्ति बन्द हुने बताएको छ ।

प्रसारणलाइनको क्षमता बढाउन प्राधिकरणले भक्तपुर सवस्टेशनमा १३२/११ केभीको नयाँ ट्रान्सफर्मर चार्ज गर्न लागेकाले शनिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

नगरकोट, सूर्यविनायक, नलिनचोक, खोपासी, ठिमी, ब्रिक र कटुञ्जे फिडरअन्तर्गत पर्ने क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुनेछ ।

विद्युत आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने असरप्रति प्राधिकरणले क्षमा मागेको छ ।