logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित


अंकुरण खबर
1.248K
Shares

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ । मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयीनजिक पुगेकी छिन् । त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजउन्मुख छन् ।

हेटौंडा ११ नम्बर वडाको केही मत गन्न बाँकी रहेको छ । गणना बाँकीमत भन्दा बढी मतान्तर भएकाले लामा र बानियाँ विजयउन्मुख देखिएका हुन् । नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल र उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले दुवै जनालाई मत गणना स्थलमै गएर बधाई दिएका थिए ।