logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

भरतपुर महानगरपालिकाः रेनुको फराकिलो अग्रता कायमै


अंकुरण खबर
1.573K
Shares

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले झन फराकिलो अग्रता कायम गरेकी छिन् ।

पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ७३३ मतले अगाडि देखिएकी छन् ।

७६ हजार ९५ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २९ हजार ४७८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार३३४ मत ल्याएका छन् । उ

पमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १८ हजार ४०१ मत ल्याएकी छिन् ।