logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

जिप दुर्घटनामा एकजनाको मृत्यु


अंकुरण खबर
1.248K
Shares

दाङमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

दाङको तुलसीपुरदेखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार दिउँसो तुलसीपुर ३ पैयाखोरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा कपुरकोट गाउँपालिका ४ गारापानीकी २० वर्षीया गीता बुढाथोकीको घट्नास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा परी जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरू उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर भइरहेको प्रहरीले जनाएको छ।

जिप चालक फरार भएकोले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ।