logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार निजी विद्यालय बन्द नहुने


अंकुरण खबर
2.08K
Shares

शैक्षिक क्षेत्रमा क्षति पुग्न नहुने भन्दै  अधिकांश शिक्षण संस्थाले आज आइतबार विद्यालय खुलै राख्ने जनाएका हुन् ।

आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आज आइतबार पनि पठनपाठन जारी राखेका छन् ।

प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुला हुने भएका छन् ।

त्यस्तै त्रिभुवन र सुदूरपश्चिम विश्वविद्यालयले सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको पठनपाठन आइतबार पनि बन्द नहुने जनाएको छ ।

स्थानीय तहले सरकारी निर्णय कार्यान्वयन नगर्ने भन्दै विद्यालय खुला गरेका छन् ।