मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय सविन पहाडी, हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ शान्तिनगर बस्ने १९ वर्षीय युवराज चौलागाई र बकैया गाउँपालिका वडा नम्बर ४ छतिवन घर भई हाल हेटौडा–११ थानाभर्याङ डेरा गरी बस्ने ३३ वर्षीय लक्ष्मण घलान रहेका छन् ।
५ ग्राम खैरो हिरोईन, हेटौंडा–४ बाट चौलागाईलाई ४५ ट्याबलेट नाईट्रोभ्याट र हेटौंडा–१० बाट नुफिन १०० एम्पुल ,डाइजेपाम १०० एम्पुल , फेनारगन १०० एम्पुल, नाईट्रोभेट १०५ वटा ट्याबलेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले बताए ।