logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनाङमा हिमपातले अवरुद्ध सडक अझै सञ्चालनमा आएन


अंकुरण खबर
1.326K
Shares

मनाङ : हिमपातले अवरुद्ध  मनाङ–बेंशीसहर सडकखण्ड अझै सञ्चालनमा आएको छैन। सडकमा हिउँ जमेकाले सडक सञ्चालनमा आउन नसकेको हो ।

सडकमा जमेको हिउँ पन्छ्याउन जिल्ला प्रहरी कार्यालय चामे मनाङले प्रयास गरे पनि अत्यधिक चिसोका कारण सफल भएको छैन। लमजुङको सदरमुकाम बेंशीसहरदेखि नासों गाउँपालिकाको दानाक्युसम्म सवारी साधन आवतजावत गरे पनि  चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा सवारी आवगमन ठप्प छ ।

गत मंसिर २६ देखि परेको हिमपातले मनाङवासी र पर्यटक मर्कामा परेका छन्। चिसोका कारण अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बीच बाटोबाटै फर्कन बाध्य भएका छन्। चिसो छल्न जिल्लाबाहिर जाने मनाङवासी दुई दिन लगाएर हिउँमा हिँड्न बाध्य छन्।