logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीपीएलमा आज दुई खेल हुँदै


अंकुरण खबर
936
Shares

काठमाडौं –  दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल)आज दुई खेल हुँदैछ।

पहिलो खेल बिहान साढे ९ बजे शुरु भएको हो। पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भएको हो।

पारस खड्काको कप्तानीमा रहेको चितवन तीन खेलमा अपराजित रहँदै ६ शीर्ष स्थानमा छ । प्रदिप ऐरीको विराटनगरविरुद्ध जित निकाल्दै चितवन प्ले अफमा स्थान पक्का गर्न चाहन्छ।

विराटनगर ३ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ। विराटनगर चितवनविरुद्ध जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ।

दोस्रो खेल साढे १२ बजे शुरु हुनेछ । खेलमा बुटवल ब्लास्टर्स र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुनेछ। तीन खेलमा ४ अंक जोडेको बुटवल तालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा २ अंक जोडेको धनगढी तालिकाको पुछारमा छ।