logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपहरित अध्यक्ष शाहीकी श्रीमतीलाई जङ्गलमा छाडियो, शाहीको अवस्था अझै अज्ञात


अंकुरण खबर
975
Shares

काठमाडौं – अपहरित ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमतीलाई जङ्गलमा छाडिएको छ भने अध्यक्ष शाही अपहरित नै रहेका छन् ।

आइतबार बिहान अपहरण गरेर लैजाने समूहले शाहीकी श्रीमतीलाई बीच जङ्गलमा छाडेको उनको भनाइ छ । शनिबार राति १२ बजे प्रतिबन्धित विप्लव समूहले शाही र उनकी श्रीमतीलाई अपहरण गरेको हो ।

विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएका थिए । सोही कारण शाहीको अपहरणमा विप्लव समूहको संलग्नताको आशंका गरिएको छ ।