logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखराको मतगणना ७ घण्टापछि सुरु


अंकुरण खबर
754
Shares

मंगलबार बिहानदेखि राखिएको पोखरा महानगरको मतगणना करिब ८ घण्टापछि पुनः सुरु भएको छ ।

पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मत भन्दा गन्दा कम भएपछि एमालेले अवरोध गरेको हो ।

यहाँ एमाले उम्मेदवार ३ मतले पराजित भएका छन् । तर मत खसेको भन्दा बाकसमा ९ कम भयो । एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।

लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले अरू बाँकी वडाको गणना सुरु गरेको हो । अहिले एमाले पनि सहभागी भएको छ । एमालेले पुनः मतगणनाको माग गरेको थियो ।