नुवाकोट विदुर नगरपालिका–६ मन्थलामा आज बिहान मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ भने दुर्घटनामा चालक सहित ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मिनी ट्रकमा पछाडी सवार रसुवाका १८ वर्षीय सुदिप तामाङ र खोटाङका १९ वर्षीय अविरल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार विदुरबाट चैनपुरतर्फ सडकका कामदार लिएर जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक आज बिहान साढे ८ बजे सडकबाट करिब एक सय मीटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ६ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।