काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
केही दिनदेखि राजधानीमा जारी स्थायी कमिटी बैठकले यही पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिले पारित गरेको छ ।
महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ।
त्यस्तै, बैठकले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत फिर्ता ल्याउन र सीमा विवाद हल गर्न पार्टीले पुनः ठोस पहल गर्नुपर्ने पनि निर्णय गरेको छ ।