logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवामा द्वन्द्वकालिन बिद्युत बक्यौताको २३ लाख रुपैयाँ बढी महसुल उठ्यो


अंकुरण खबर
962
Shares

रसुवामा द्वन्द्वकालिन  समयको २३ लाख रुपैयाँ भन्दा बढी बिद्युत महसुल संकलन भएको छ । नेपाल विद्युत प्राधिकरण धुन्चे बितरण केन्द्रले डेढ वर्षमा द्वन्द्वकालिन समयको विद्युत बक्यौताको २३ लाख भन्दा बढी महसुल संकलन भएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ को पौषदेखि हालसम्म २३ लाख १८ हजार ३ सय ३९ रुपैयाँ असुल उपर गरेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए ।

७ सय ६५ जना ग्राहकबाट बक्यौता उठाउनुपर्नेमा  ७ सय १४ ग्राहकबाट उक्त रकम संकलन गरिएको उनले बताए । अब ५१ जना ग्राहकबाट २ लाख ५३ हजार ४ सय ५ रुपैयाँ असुल गर्न बाँकी रहेको समेत उनले बताए । बसाइँसराई गरेर गएको, केही मिटरहरु नभेटिएको, केही मिटरहरू भूकम्पले पुरिएको पाइयो, उनले भने, केही मिटरहरु नेपाल बिद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रबाट हस्तान्तरण हुँदा धुन्चे वितरण केन्द्रमा देखिएको छैन, तर हालसम्म नुवाकोट वितरण केन्द्रकै कार्यक्षेत्रमा रहेको छ, ।

तत्कालीन नेकपा माओवादीले सरकारले द्धन्द्धकालिन समयको बक्यौता बिद्युत महसुल मिनाहा गर्छ भुक्तानी गर्नु पर्दैन भनेकोले विद्युतका ग्राहकहरुले महशुल भुक्तानी गरेका थिएनन् ।  तर द्वन्द्व समाप्ती पश्चातको सरकारले सो रकम मिनाहा नगरेका कारण विद्युत प्राधिकरण महशुल असुल गर्न आफै अग्रसर भएको हो ।