logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

होन्डुरसमा जेलभित्र झडप, १८ कैदीको मृत्यु, १६ घाइते


अंकुरण खबर
806
Shares

जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदी मारिएका छन् ।

कैदी कैदीका बीचमा भएको झडपमा परी अरू १६ जना घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी बन्दरगाह सहर तेलामा रहेको कारागारमा शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ। घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्छ।

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन्। उनले त्यसका लागि हस्तक्षेप गर्न आवश्यक भएको धारणा राखे।

होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन्। एजेन्सी